संवेदनशील जलाधार व्यवस्थापन शाखाको कार्य बिबरण

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा., र एक जना सहायक भू-संरक्षण अधिकृत २ गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

राष्ट्रिय, प्रादेशिक, तथा स्थानियस्तरका जलाधार क्षेत्रहरुको पहिचान, वर्गिकरण र प्राथमिकिकरण गर्ने

  • नक्सांकन तथा सिमांकन कार्य
  • जलाधार क्षेत्र पहिचान
  • सूचना प्रणाली बिधिको प्रयोग
  • फिल्ड प्रमाणिकरण

अन्तरदेशिय, अन्तर प्रदेशिय फैलिएका नदीप्रणालीहरुको उपल्लो र तल्लो तटिय अन्तरसम्बन्ध कायम गर्दै एकीकृत जलाधार व्यवस्थापन गर्नें

  • सामाजिक वातावरणीय परिस्थिति पहिचान
  • तल्लो उपल्लो तटीय प्रभाव मुल्यांकन र अन्तरसम्बन्ध पहिचान
  • सरोकारवाला संग अन्तरक्रिया

संवेदनशिल तथा संरक्षित जलाधार क्षेत्रहरुको पहिचान, व्यवस्थापकिय योजना तर्जुमा र कार्यान्वयन

  • मस्यौदा योजना तयारी
  • संबेदनशीलताको प्राविधिक आध्ययन
  • अन्तरक्रियात्मक कार्यक्रम

४ संघियस्तरमा रहेका बृहत जलाधार व्यवस्थापन केन्द्रहरुको कार्यको समन्वयन गर्ने

  • फिल्ड को बस्तुगत आध्ययन
  • अन्तरक्रियात्मक कार्यक्रम
  • अन्तरनिकायगत प्राविधिक तथा व्यवस्थापकिय छलफल
  • कार्यक्रम संचालन सम्बन्धि कार्ययोजना तयारी

संघिय जलाधारसंग सम्बन्धित निकायहरुसंग समन्वय, सहजिकरण र सहकार्य

  • अन्तरक्रियात्मक कार्यक्रम ९सेमिनार तथा गोस्ठी
  • प्राबिधिक प्रतिबेदनको तयारी तथा छलफल

राष्ट्रिय, प्रादेशिक, तथा स्थानियस्तरका विभिन्न भूपरिधि वा जलाधार क्षेत्रहरुको संवेदनशिलता मापदण्ड र सूचक पहिल्याउने

  • सम्बेदनशिलता को सूचक निर्धारण
  • बस्तुगत बिस्लेसण
  • सम्बेदनशिलता न्युनिकरण लागि मापदण्ड तयारी
  • फिल्ड अनुगमन तथा अन्तरक्रियात्मक कार्यक्रम

वातावरणीय सेवा भुत्तानी तथा जलवायु परिवर्तन सम्बन्धि आवश्यक अध्ययन र कार्यान्वयन निर्देशिका तयार

  • जलाधार व्यवस्थापन कार्यक्रमको चुनौतिहरु पहिचान
  • वातावरणीय सेवा भुक्तानी सम्बन्धि जनचेतना कार्यक्रम
  • कानुनी तबर बाट वातावरणीय सेवा भुक्तानी तथा जलबायु परिवर्तन कार्यक्रम लागि जोड

जलाधार स्रोत संबन्धि भूू जैविक तथा सामाजिक÷आर्थिक तथ्याङ्कहरु अध्यावधिक राखी सुचना प्रणलीको व्यवस्थापन ।

  • भू जैविक तथा सामाजिक र आर्थिक तत्वहरु सम्बन्धित तथ्यांक संकलन
  • सूचना प्रणालीको विकास गरि जलाधार सम्बन्धित सूचना प्रविष्टि
  • जलाधार स्रोत र आर्थिक तत्वको अन्तरसम्बन्ध कायम गर्ने
  • फिल्ड अनुगमन तथा अन्तरक्रियात्मक कार्यक्रम

मौजुदा भू तथा जलाधार संरक्षण सम्बन्धि कार्यविधि निर्देशिका परिमार्जन तथा वार्षिक प्रतिवेदन प्रकाशन

  • मासिक प्रगति संकलन तथा प्रकाशन
  • वार्षिक प्रगति संकलन तथा प्रकाशन
  • भू तथा जलाधार संरक्षण सम्बन्धि कार्यक्रम संचालनार्थ कार्यविधि तयारी तथा विस्तार
  • भू तथा जलाधार संरक्षण कार्यक्रम को लागि चाहिने नीतिगत व्यवस्था निर्धारण गर्ने तथा आबस्यक नीतिहरु को निर्माणमा सहयोग
  • निर्देशिका, कार्यविधि तथा बार्षिक प्रतिबेदनको उचित प्रबर्धन तथा प्रकाशन
  • विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने