भू उपयोग बिकास तथा बिपद न्यूनीकरण शाखाका कार्यहरुः-

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा. स्वा., इन्जि.जियोलोजी १, कृ.एग्रोनोमी अधिकृत १ गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण

भू उपयोग विकास नीतिसंग नबाझिने गरी भू उपयोग विकासको लागि आवश्यक नीति, रणनीतिहरु तयार गर्ने

  • क्षतिग्रस्त भुमि पुनरुत्थान
  • नदि उकास जग्गा व्यवस्थापन
  • स्थान छनौट, फिल्ड अवलोकन

भू उपयोग विकाससंग सम्बन्धित सरकारी, गैह्रसरकारी संस्थाहरु र दातृ निकायहरुसंग समन्वय र सहकार्य गर्ने

  • सरोकारवाला निकायसंग सहकार्य तथा समन्वयका लागि अन्तरक्रिया गोस्ठी
  • प्रतिबेदन तयार

भू उपयोग विकाससंग सम्बन्धित संरक्षण र विकासका नमुना कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने

  • कार्यक्रम संचालन सम्बन्धि कार्ययोजना तयारी
  • स्थल पहिचान, सम्बेदनशिलता अध्ययन
  • सर्भे लागत अनुमान तयारी तथा स्वीकृत
  • कार्यबिबरण तयारी र जनशक्ति परिचालन
  • व्यबस्थापकिय कार्ययोजना तयारी
  • अन्तरक्रियात्मक कार्यक्रम आयोजना तथा समन्वय

विपद् सम्बन्धि तथ्यांक तथा सूचना संकलन, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने

  • फिल्ड को बस्तुगत आध्ययन
  • सूचना फारम तयारी
  • विपद जोखिम सूचना आध्याबधिक
  • बाढी पहिरो सम्भंधि जानकारी तथा तथ्यांक संकलन
  • सूचना प्रणालीमा तथ्यांक को प्रबिस्टी र व्यवस्थापन

जलवायु परिवर्तन अनुकुलन तथा समानुकुलन सम्बन्धि तथ्याकं तथा सूचना संकलत, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने तथा बदलिदो परिवेशमा उपयुक्त हुने प्रविधि तथा रणनीति विकास गर्ने, गराउने ।

  • जलबायु परिवर्तन सम्भंधि ज्ञान, तथ्यांक संकलन तथा अध्याबधिक कार्य
  • नमुना स्थानमा जलवायु परिवर्तन सम्भंधि कार्यमूलक अध्ययन अनुसन्धान तथा बिश्लेषण

६ जलवायु परिवर्तनसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संरक्षण साझेदारहरुसंग समन्वय सहकार्य गर्ने

  • सरोकार निकाय बिचको अन्तरक्रिया, गोस्ठी सेमिनार कार्य संचालन
  • प्रतिबेदन तयारी

७ विपद् न्यूनीकरण न्यूनीकरणका लागि सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने

  • विपद जोखिम सम्भंधि बैठकमा सहभागी
  • विपद जोखिम सम्भंधि जनचेतनामुलक कार्यक्रम संचालन

८ क्षतिग्रस्त भूमि, नदीउकास जग्गा जस्ता क्षेत्रहरुको नक्शांकन गरी व्यबस्थापकिय कार्यान्वयन योजना तर्जुमा गर्ने ।

  • क्षतिग्रस्त भूमि, नदीउकास जग्गा जस्ता क्षेत्रहरुको पहिचान तथा नक्सांकन
  • व्यबस्थापकिय कार्यान्वयन योजना तर्जुमा
  • फिल्ड अनुगमन तथा अन्तरक्रियात्मक कार्यक्रम

नदि उकास जग्गा व्यवस्थापनसंग सम्भंधित ऐन, नियमवालिहरुको कार्यान्वयन

  • नदि उकास जग्गा व्यवस्थापनसंग सम्भंधित ऐन, नियमवालिहरुको पुनराबलोकन
  • ऐन, नियमवालिहरुको कार्यान्वयनका क्रममा आउने समस्या पहिचान तथा पृष्ठपोषण

१० विभागीय प्रमुखले तोकेको अन्य आवस्यक कार्यहरु गर्ने